प्रदेश १ बाट नेकपाका तीनै उम्मेदवार विजयी

  • प्रकाशित मितिः माघ, 10, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर / राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट तीनै पदमा नेकपाका उम्मेदवार विजयी भएका छन्। सत्तारुढ नेकपाका तर्फबाट उम्मेदवार बनेका गोपीबहादुर सार्की (अछामी), इन्दु गौतम र देवेन्द्र दाहाल विजयी बनेका हुन्।

बिहीबार भएको निर्वाचनमा नेकपाका दलिततर्फ गोपीबहादुर सार्की अछामी (६३३०), महिलातर्फ इन्दिरा गौतम (६४२६) र खुल्लातर्फ देवेन्द्र दाहालले (६२३४) मतभार ल्याएर विजय भएका हुन्।  नेपाली कांग्रेसका दलिततर्फ नीरबहादुर विश्वकर्मा (२७१८), महिलातर्फ मीना पुलामी मगर (२६२२) र खुल्लातर्फ राजेन्द्र घिमिरेले (२७६६) ल्याएका छन्। संघीय समाजवादीले दलिततर्फ ज्ञानबहादुर परियार (२६४), महिलातर्फ कमला बडही (२६४) र खुल्लातर्फ भरत दाहालले (२६४) मत ल्याएका हुन्।

प्रदेश सांसद र स्थानीय तहका प्रमुख / उपप्रमुखका लागि अलग-अलग मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचनमा प्रदेश सांसदको एक मत बदर भएको निर्वाचन  कार्यालय विराटनगरले जनाएको छ। प्रदेश नम्बर १ मा ९३ जना प्रदेश सांसदका रहेकामा १ सय ९२ जनाले मतदान गरे। स्थानीय तहतर्फ २ सय  ७४ जना मतदाता मध्ये २ सय ७२ जनाले मतदान गरेको थिए।   

निर्वाचनमा विजय भएका उम्मेदारहरुले मुलुकको समृद्धि ल्याउन नेकपालाई नै सबैले रुचाएको परिणाम आएको प्रतिक्रिया दिए। दलिततर्फ निर्वाचित भएका गोपीबहादुर सार्की अछामीले पार्टीले गरेको मेहनत अनुसार मतपरिणाम आएकाले जनता र राष्ट्रिय  हितमा काम गर्ने बताए। उनले संविधान अनुसारले जनताको हितमा काम गर्ने र राष्ट्रिय जनताको हितमा संवधान संशोधनको काम अघि बढाउने बताए।   

महिलातर्फ इन्दिरा गौतमले क्षमताबान महिलाहरुको पक्षमा अवाज उठाउने बताइन्। पार्टी भित्र ३३ प्रतिशत महिलाको हरेक निकायमा हिसा स्थापित गर्नुको साथै नेपाली जनताको आकांक्षा अनुसार विकास र समृद्धिको काममा अघि बढ्ने बताइन्। खुल्लातर्फ देवेन्द्र दाहालले मुलुकमा पार्टीले लोकतान्त्रिक गणतन्त्रको लागि गरेको योगदानको प्रतिफल नै निर्वाचनको परिणाम भएको दावी गरे। उनले जनताको विकास  र समृद्धिको वाटो निर्वाचनको परिणामले प्रशस्त बनाएको बताए। उनले भने –‘समृद्धि ल्याउन थप उत्साह निर्वाचनको परिणामले दिएको छ।‘



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved