स्मार्ट सिटी बनाउन तयार भयो डीपीआर

  • प्रकाशित मितिः माघ, 10, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरका रूपमा विकास गर्न काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी एउटा ‘स्मार्ट सिटी’को डीपीआरको मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा छ ।

भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले दिए । 
काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौँ उत्तर’को डीपीआर मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा रहेको छ । 

प्राधिकरण प्रमुख तिवारीले भने, “सबभन्दा ठूलो स्मार्ट सिटी ‘काठमाडौँ इशान’मा सातवटा पोखरी निर्माण गरिने छ, जसमध्ये दुईवटालाई तालका रूपमा विकास गरिने छ । ती तालको क्षेत्रफल सिंहदरबारभन्दा ठूलो हुनेछ । प्रस्तावित स्मार्ट सिटी क्षेत्रका अहिले भएका पुराना घरहरू, सम्पदाहरू जोगाइने छ भने खाली ठाउँमा मात्र सहरको ‘प्लानिङ’ गरिने छ ।

आजको गोरखापत्र दैनिकबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved