के सर्पबाट फैलिएको थियो कोरोनो भाइरस ?

  • प्रकाशित मितिः माघ, 9, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी । मध्य चीनको हूपेइको प्रान्तको राजधानी वुहान शहरका विभिन्न क्षेत्रमा कोरोना भाइरसको नयाँ सङ्क्रमितहरू भेटिएका छन् । यस समस्याबाट छुटकारा पाउनका लागि चीन सरकार तथा विभिन्न स्थानीय विभागमा सक्रिय रुपमा कदम उठाएका छन् ।

२० जनावरीमा देशभरमा नयाँ कोरोना भाइरस संक्रमितको निमोनियाको रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । २१ जनवरीदेखि देसभरको विभिन्न प्रान्तहरूमा  भाइरस संक्रमितहरूको आँकडा सार्वजनिक गर्ने अभियान शुरु भएको छ  ।

डेलीमेलका अनुसार पछिल्लोपटक गरिएको अध्ययनअनुसार चीनको  हुआनन सीफूड मार्केट बाट यो भाइरस उत्पति भएको थियो  । चीनका अधिकारीहरूले बताएअनुसार यो भाइरस सोहि मार्केटको कुनै जनावारबाट उत्पति भएको हो  । पेकिङ युनिभर्सिटीको रिसर्चअनुसार सीफूड मार्केटको कुनै सर्प देखि मानिसको शरीरमा प्रवेश गरेको हो  ।

यस्तै, कोरोनो भाइरसबाट पीडीत पहिलो व्यक्तिको ज्यान बचाइएको अधिकारीहरूले बताएका छन् । २३ वर्षीय हुआंग यस भाइरसबाट संक्रमित पहिलो व्यक्ति हुन्  । हु आग ट्रेन स्टेशनमा काम गर्छन्, जुन सीफूड मार्केटदेखि नजिकैको दुरीमा रहेको छ ।

हुआंगले बताए ‘सबैभन्दा पहिले मलाई टाउको दुख्यो, त्यसपछि चक्कर आउन शुरु भयो । र, त्यसपछि ज्वरोले म थालिए ।’ यस भाइरसको पहिचान भएपश्चात पनि चिकित्सकहरू हुआंगको उपचार आईसीयूमा सुरक्षित रुपमा गरिरहेका छन् ।

चीनियाँ स्वास्थ्य समितिले बताएअनुसार संक्रमित रोगको स्रोतको जाँच, संक्रमणको फैलावट, भाइरसको जाँच तथा फैलावट पश्चात देखिएको स्थितिको बारेमा निरन्तर काम गरिरहेको छ । साथै अन्तर्राष्ट्रिय आदान-प्रदान र सहयोग पनि मजबुत बनाइएको छ ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले सम्बन्धित क्षेत्रहर ; हंगकंग, मकाउ तथा ताइवान क्षेत्रमा सम्पर्क मजबुत बनाएको छ । डब्लुएचओको अनुसार चीनको क्वांगतोंग, पेइचिंग तथा शांगहाईमा रोग नियन्त्रणको लागि क्लिनिक एवं रोकथामका विभिन्न प्रयासहरू गरिरहेको छ  ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved