ब्रेक्जिट डिल पारित नभए आम चुनाव

  • प्रकाशित मितिः कार्तिक, 6, 2076
  • पहिलो किताब संवाददाता

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले ईयुले ब्रेक्जिटको समय अझै लम्ब्याएमा आमचुनावमा जाने संकेत गरेका छन् । मंगलबार बेलायतको हाउस अफ कमन्समा सांसदहरुले ब्रेक्जिट विधेयकको समर्थन गरे पनि त्यसको समीक्षाका विषयमा भने विरोध जनाएका थिए । 
मंगलबारको संसद बैठकमा नयाँ ब्रेक्जिट विधेयकको पक्षमा ३२९ र विपक्षमा २९९ मत परेको थियो । तर, उक्त विधेयकको समीक्षाका लागि दिइएको समयको पक्षमा ३०८ मत पर्‍यो भने विपक्षमा ३२२ मत परेको थियो ।  

कानुन मन्त्री रोबर्ट बकल्यान्डले नो-डिल ब्रेक्जिटको सम्भावना अझै बाँकी रहेको बताएका छन् । उनले ईयूले ब्रेक्जिट डेडलाइन नलम्ब्याएमा बिना सम्झौता ईयूबाट बेलायत बाहिरिने सम्भावना बाँकी रहेको बताए । 

प्रधानमन्त्री जोन्सनले पनि ३१ अक्टोबारमा ईयूबाट बेलायत बाहिरिनपर्ने बताउँदै आएका छन् । तर, विपक्षी सांसदहरुले भने तत्कालै बिना सम्झौता ईयूबाट बाहिरिँदा समस्या उत्पन्न हुने भन्दै विरोध गरेका छन् । 

यदी यही सातामा चुनाव गराउने विषय घोषणा भएमा २८ नोभेम्बरमा हुनेछ । कानुनी रुपमा संसदमा चुनाव गराउने सहमति भएको कम्तिमा २५ दिनपछि चुनाव गराउनुपर्ने प्रावधान छ । संसदमा प्रधानमन्त्री जोन्सनले यदी सांसदहरुले ३१ अक्टोबरको डेडलाइन बढाउनेतर्फ लागेमा अर्को आमचुनावमा जान सकिने चेतावनी दिएका थिए । अब ईयूले ब्रेक्जिट डेडलाइन ३१ अक्टोबरभन्दा बढी कति लम्ब्याउने भन्‍ने निर्णय गर्नेछ । 

यसअघि शनिबार प्रधानमन्त्री जोन्सनले पठाएको पत्रमार्फत तीन महिनाको समय माग गरेका थिए । बीबीसी

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved