जंगलक्षेत्र अतिक्रमण गरी धमाधम प्लटिङ

  • प्रकाशित मितिः कार्तिक, 6, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ /काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लास्थित कुन्छेपकालको डाँडामुनि रहेको जंगलक्षेत्र अतिक्रमण गरी धमाधम प्लटिङ थालिएको छ । 

तारकेश्वर नगरपालिकाको मिलिमतोमा व्यवसायीले सार्वजनिक जग्गासमेत अतिक्रमण गरेर धमाधम प्लटिङ गरेको स्थानीय बासिन्दाको आरोप छ ।

व्यवसायी विनोद पण्डितले तारकेश्वर नगरपालिकाका पदाधिकारीसँग मिलेमतो गरी साङ्लामा रहेको ५० रोपनी जग्गामा प्लटिङ गर्दा ५० वटा रूख काटिएका छन् भने खेतीयोग्य जमिनसमेत नष्ट भएको छ । 

खानेपानीको मुहानमा समेत असर परेको छ । प्लटिङ गर्दा सो क्षेत्र माथि र तल रहेका दर्जनौँ  घर जोखिममा परेका छन् । प्लटिङभन्दा माथि ढकाल बस्ती र मुनि अधिकारी बस्ती रहेको छ । ती दुवै बस्तीहरुमा जुनसुकै समयमा पनि पहिरो आउने जोखिम बढेको स्थानीयको गुनासो छ । आजको राजधानी दैनिकबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved